वीरगन्ज,२० फागुन – वीरगन्जमा सुजुकी मोटोर्साईकलको नयाँ सो रुप उद्घाटन को उद्घाटन सम्पन्न भएको छ । सुजुकी आधिकारीक बिक्रेता सिविल अटो ट्रेडर्सको सोमवार एक समारोहका बिच उद्घाटन गरिएको छ ।
वीरगञ्जको त्रिमुर्ति चोकमा सुजुकी मोटरसाईकल, मोटुल मोविल, र स्टिल बर्ड हेलमेटको बिक्रि वितरणका लागि नयाँ शोरुमको उद्घाटन गरिएको हो ।
ट्रेडर्सका सञ्चालक मोहमद इरफान मंसुरीका पिता मोहमद यासिन मंसुरी र माता सर्फुन नेसा मंसुरीले रिबन काटेर शोरुमको उद्घाटन गर्नुभएको थियो ।
एरोडाइनामिक टेक्नोलोजी, डबल एबिएस एफ आई इन्जिन, एच आई डि हेडलाईट लगायत ५ वर्षको इन्जिन वारेन्टी भएकोले सुजुकी मोटरसाईकल सबै ग्राहकको रोजाईमा पर्ने गरेको ट्रेडर्सका सञ्चालक इरफान मंसुरीले बताउनुभयो ।
वीरगञ्जमा माग अनुसारको शोरुम नभएकोले पनि ग्राहकको आवश्यक्ता तथा मागलाई मध्यनजर गर्दै वीरगञ्जमा शोरुमको स्थापना गरिएको सञ्चालक मंसुरीको भनाई छ ।
उत्कृष्ट सेवा सुविधा सहितका नया प्रविधि र आकर्षक मुल्यमा १ लाख ८१ हजार ९ सय देखी लिएर ६ लाख सम्मका बाइक्सहरु पाइने ट्रेडर्सकी सेल्स अधिकृत रोशना श्रेष्ठले जानकारी दिनुभयो ।
शोरुमको उद्घाटन समारोहमा ट्रेडर्समा कार्यरत कर्मचारी, ग्राहक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

