कोरोनाबाट बच्न बारामा स्थानीय स्तरमै पहल, पर्सामा तयारी शुन्य

spot_img

बीरगंज, २२ फागुन – कोरोना भाइरसबाट बच्न बारामा भने प्रशासनले स्थानीय स्तरमै पहल शुरु गरेको छ । बारा जिल्लाका विभिन्न तीन ठाउँमा बुधबारबाट हेल्प डेस्क संचालनमा ल्याइएको छ । सशस्त्र प्रहरी बल, नेपाल बारा गणको संयोजनमा हेल्प डेस्क सन्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले बताउनुभयो ।

भारतबाट आवागमन बढी हुने बाराको मटिअर्वा, सिम्रौनगढको सतुही र कबहीगोठमा हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी बल, बारा गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनुभयो ।

साथै, कोरोना भाइरससम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु पनि शुरु गरिएको जिल्ला प्रशासन कार्यालय, बाराले जनाएको छ ।
यता, नेपालकै प्रवेशद्धार पर्साको बीरगन्जमा भने स्थानीय प्रशासनको तयारी शुन्य छ । भारतीय सिमावर्ती शहर रक्सौल हुदैं बीरगंज भित्रिने मानिसहरुको चाप बढी हुने बीरगन्ज नाकामा सर्वसाधारणको स्वास्थ्य सुरक्षा केन्द्रित त्यस्तो कुनै पनि तयारी देखिएको छैन ।

केही दिन अघि जिल्ला प्रशासनले सरोकारवालाहरुको भेला डाकेर यस सम्बन्धमा छलफल गर्नु बाहेक केही गरेको छैन । विभिन्न मुलुकबाट हवाई तथा रेल मार्फत बीरगन्ज नाका हुदैं अधिक संख्यामा मानिसहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

ती मानिसहरु लक्षित चेकजाँच, हेल्क डेस्क, जनचेतनामुलक कार्यक्रम लगायतको तयारी शुन्य रहेको स्थानीयको भनाई छ । भारतका विभिन्न ठाउँमा कोरोना प्रभावित मानिसको संख्या बढ्नु र सीमा नाकामा सतर्कता तथा चेकजाँचमा तयारी शुन्यले गर्दा स्थानीयमा कोरोनाको त्रास बढेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय