बीरगंज, २२ फागुन – नक्कली नागरिकता पेश गरी राहदानी बनाउन बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नं.१३ बस्दै आएका २१ वर्षिय छोरा अभिषेक साह रहेका छन् ।
राहदानी बनाउन साहले पेश गरेको नागरिकता नक्कली फेला परेपछि उनलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललित बस्नेतले बताउनुभयो ।
साहले ३४–०१–७५–१४२५१ नम्बरको नागरिकता राहदानीका लागि जिल्ला प्रशासनमा पेश गरेका थिए । साहले पेश गरेको नागरिकतामा कार्यालयका प्रशासकिय अधिकृत गोविन्द्र प्रसाद भण्डारीको नक्कली हस्ताक्षर भेटिएको जिल्ला प्रशासन श्रोतले जनाएको छ ।
नक्कली नागरिकता पेश गरेकोमा प्रचलित कानुन बमोजिम कारवाहीको लागि साहलाई पर्सा प्रहरीको जिम्मा लगाईएको सहायक प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

