हुक लगाई विद्युत चोर्ने १६ जना पक्राउ

spot_img

बीरगंज, २२ फागुन – अवैध रुपमा विद्युतको तारमा हुक लगाई विद्युत चोरी गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र विद्युत प्राधिकरण पोखरियाको टोलीले बुधबार गस्तीको क्रममा विद्युत चोरी गर्ने कार्यमा संलग्न १६ जनाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया वडा नं. ३ का शम्भु साह, असलम मियाँ, गौरीशंकर साह कानु र कमल साह तेली, जगरनाथपुर वडा नं. ५ का सन्तोष कुमार कुशवाहा, धोविनी वडा नं. ४ का धिरज कुमार महतो, अकलेश कुमार सिंह, शम्भु महतो, नरेश महतो र फेकु महतो, छिपहरमाई वडा नं. ४ का आकाश कुमार सहनी, विनोद महतो र अरविन्द कुमार कानु, कालिकामाई वडा नं. १ का शंकर प्रसाद चौरसिया, मुनिलाल साह र अनवर मियाँ रहेका छन्् ।
विद्युत चुहावट न्यनिकरण अभियान अन्तर्गत शुरु गरिएको गस्तीको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम आवश्यक कारवाही अघि बढाइएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

यस्तै, प्रहरीले नेपालबाट भारततर्फ लैजादैं गरेको अवस्थामा २० बोरा छोकडा बरामद गरेको छ । बीरगन्ज महानगरपालिका वडा नं. १६ बाट प्रहरीले २० बोरा अर्थात अन्दाजी १० क्वीन्टल छोकडा बरामद गरेको हो । ना २ ह ५२२४ र ना २ ह ४७४९ नम्बरर सहित बरामद छोकडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय