बीरगंज, २२ फागुन – काम गर्न ढिलासुस्ती गरेको भन्दै कार्यालय भित्रै हुलहुज्जत गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी टोलीले जिराभवानी गाउापालिका वडा ५ का २२ वर्षिय अजय महतो र १८ वर्षिय शिवशंकर महतो रहेका छन् ।
पर्साको जिराभवानी गाउँपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कर्यालय पुगेका दुवै युवाले कार्यालयको ब्यानर च्यात्दै हुलहुज्जत गरेको पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारको भनाई छ । पक्राउ परेका दुवै जनालाई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याइएको छ ।
सरुवा र बढुवाका कारण सुपौली इलाका प्रशासन कार्यालयमा आवश्यक जनशक्ति नहुदाँ सेवाग्रहरीको काम समयमा हुन नसक्दा युवाहरु आक्रोसित बनेको स्थानीयको भनाई छ । सो कार्यालय विगत १ महिनादेखि कर्मचारी अभावमा संचालन भइरहेको छ । कर्मचारी अभावमा सेवाग्राहीलाई समस्या भएको स्थानियले बताएका छन् । इलाका प्रशासन कार्यालय सुपौलीले मातहतका ठोरी, जिराभवानी, जगरनाथपुर र पटेर्वा सुगौली गाउँपालिका स्थानीयलाई सेवा प्रदान गर्दै आएको छ ।

