कोरोना भाइरसको संक्रमणबाट जोगाउन प्रदेश नं २ मा एक सय १५ शय्याको आईसोलेसन तयार हुँदै

spot_img

जनकपुरधाम– कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि प्रदेश नं २ का बिभिन्न मेडिकल कलेज तथा अस्पतालमा गरेर एक सय १५ शय्या आईसोलेसन वार्डको निर्माणका लागि प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले तीब्र गतिका साथ काम अघि बढाएको छ ।

जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा तीन वटा, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच वटा, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा तथा नेशनल मेडिकल कलेजमा पनि ५० वटा आईसोलेशन वार्डको निर्माणका लागि काम अगाडी बढाएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक बिजयकुमार झाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय