spot_img

नारायणीकी एक नर्समा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीलाई खाना खुवाउन छोडियो

spot_img
spot_img

बीरगन्ज, १ जेठ – पर्सामा एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीलाई खाना खुवाउन छोडिएको छ । बीरगन्जस्थित नारायणी अस्पतालका कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको लागि एक होटलले खाना बस्नको सुविधा उपलब्ध गराउदैं आएको थियो ।

तर हिजो कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्समा कोरोनाको संक्रमण देखिएपछि आज बिहानबाट खाना बन्द भएको चिकित्सक डा. निरज कुमार सिंहले जानकारी दिनुभयो ।
बीरगन्जस्थित होटल कन्ट्री इनले स्वास्थ्यकर्मीका लागि खाना र बस्नको सुविधा उपलब्ध गराउदैं आएकोमा आजबाट बन्द गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खाना पकाउने मान्छे छदैं छ, मालिकले खाना खुवाउन बन्द गरेका हुन् ।” “डर नै भए खाना पकाएर राखिदिएमा, हामीले अलग्गै बसेर आफै झिकेर खाईहाल्थ्यौैं” डा सिंहले भन्नुभयो “आज बिहान त भुजा–सुजा खाएर काम चलायौं, राति खाना खान पाइएन भने भोलिबाट अस्पतालमा हाकिम र बिरामी मात्र हुनेछन् ।”

पहिलो एउटा पनि होटल तयार नभएको अवस्थामा पनि यो होटल तयार भएको तर अहिले आएर किन यस्तो गरेको हो स्पष्ट कारण थाहा हुन नसकेको डा. सिंहले बताउनुभयो । पैसाको कारण भए होटल धनीले स्पष्ट भने मेयरलाई यसबारे दबाब दिन सकिने उहाँले बताउनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय