विश्वमै पहिलोपटक चीनले बनायो थ्रीडी समाचार वाचक

spot_img

काठमाडौं । विश्वमै पहिलोपटक चीनले थ्रीडी समाचार वाचक बनाएको छ । महिलाको रुप भएको समाचार वाचकको नाम सिन साओवी भनिएको छ । साओवीले हिँडडुल गरेरै समाचार भन्नसक्ने चिनियाँ संचारमाध्यमले जनाएका छन्।

यस थ्रीडी समाचार वाचकलाई सिन्ह्वाले प्रयोगमा ल्याउने बताइएको छ । समाचार भन्ने क्रममा यसले मानिसलेजस्तै हाउभाउको प्रदर्शनी गर्ने पनि जनाइएको छ।

सन् २०१८ मै चीनले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधीबाट रोवोटिक समाचार वाचकको निर्माण गरेको थियो।

प्रविधिको क्षेत्रमा चीनले निकै ठूलो फड्को मार्दै विश्वलाई नै चकित बनाउँदै आएको छ। एजेन्सी

spot_img

ताजा अपडेट

लोकप्रिय