नारायणीका १७ संक्रमित डिस्चार्ज भए

spot_img

बीरगन्ज, ११ जेठ- अाज  एकै दिन पर्साका १७ जना कोरोना संक्रमित निको भएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई डिस्चार्ज  गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।

१७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन्। उनीहरू सबै पर्साका हुन्। उनीहरू सबै बीरगन्ज वडा नम्बर ३ छपकैयाका एकै परिवारका हुन । गत बैशाख २४ गते उनीहरूमा संक्रमण देखिएकाे पुष्टि भएकाे थियाे । निकाे हुनेमा २ वर्षीय बालकदेखि ६६ वर्षीय पुरूष छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ४ पुगेको छ। शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय