भ्रष्टाचारको आरोपमा पर्साका एक प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

spot_img

बीरगन्ज, ७ असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय निर्माणका लागि निकासा भएको सोह्र लाख रकममध्ये  आफ्नो नाममा ५ लाख र विश्वनाथ साह कानुनको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना गरेको आरोप लागेको छ ।

गुप्ताले विद्यालयमा कुनै पनि काम नगरी उक्त रकम हिनामिना गरी फरार रहेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय