17.1 C
Kathmandu
22.1 C
Birgunj

पूर्व पोर्नस्टार मिया खलिफाले आत्महत्या गरेको झुटो खबर फैलिएपछि..

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सामाजिक सञ्जालमा ‘झुटको खेती’ गर्नेहरूको जमात ठूलै छ । फलोअर बढाउन, डलर तान्न, कसैको चरित्र हत्या गर्न कतिपय युजर हात धोएर लाग्ने गरेका छन् । यसका लागि उनीहरू जस्तोसुकै अफवाह फैलाउन पनि पछि पर्दैनन् ।

- Advertisement -

सामाजिक सञ्जालका यस्ता प्रयोगकर्ताका कारण नेपालमा मात्र होइन, विदेशमा पनि थुप्रै मानिस पीडित बनेका छन् । विदेशतिर चाहिँ खासगरी सेलिब्रेटीहरू यस्ता कुराबाट बढी चिन्तित छन् । किनकि, सेलिब्रेटीको मृत्यु भएको झुटो खबर फैलाउने ‘ट्रेन्ड’ जस्तै बनेको छ ।

पछिल्लो समय यस्तै अफवाहको सिकार बनेकी छन्, पूर्व पोनस्टार मिया खलिफा ।

मिया खलिफाले आत्महत्या गरेको भन्दै एक ट्विटर प्रयोगकर्ताले हल्ला फैलाउने प्रयास गरे । तर, यसबारे मियाले बेलैमा थाहा पाइन् र तत्कालै यसको प्रतिवाद गरिन् ।

मियाले ट्विट गरेकी छन्, ‘प्लीज यस्तो नसोच्नु होला कि म हरेक साथीमाथि नजर राखिरहेकी छैन, जसले मलाई अहिलेसम्म शोक संवेदना पठाउनुभएको छैन । म तपाईंहरूलाई हेरिरहेकी छु ।’

मियाको ट्विटमा मानिसहरूको व्यापक कमेन्ट्स आएको छ, जसमा कतिपय युजर्स मजा लिइरहेका देख्न सकिन्छ भने धेरैले चाहिँ यो कुरालाई गम्भीर रूपमा लिँदै निराशा प्रकट गरेका छन् ।

आफ्ना फ्यानसँग कुराकानी गर्ने क्रममा मियाले एक ट्विट देखिन्, जसमा लेखिएको थियो– एकदम सकिङ, मिया खलिफाले आत्महत्या गरेकी छन् ।

यो पोस्टमा मियाले तत्कालै कमेन्ट गरेर झपारिन् । त्यसपछि झुटो खबर फैलाउने प्रयास गरेको व्यक्तिले आफ्नो पोस्ट डिलिट गरे ।

मिया खलिफा सोसल मिडिया पर्सनालिटी, स्पोर्ट्स कमेन्टेटर, मोडल हुन् । उनी पोर्न स्टार पनि बनिसकेकी छन् । याे फिल्डमा उनले ३ महिना मात्र काम गरेकी थिइन् । सन् २०१४ देखि उनी पोर्न फिल्डमा छैनन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -