spot_img

मुल्तानी मिट्टी प्रयोग गर्दा सावधानी अपनाउन विशेषज्ञको सुझाव

spot_img
spot_img

काठमाडौँ,२३ जेठ । छालाको सौन्दर्य र दागरहित बनाउन परम्परागत रूपमा प्रयोग हुँदै आएको मुल्तानी माटो (मुल्तानी मिट्टी) सही तरिकाले प्रयोग नगर्दा फाइदाभन्दा बढी हानि हुन सक्ने विज्ञहरूले बताएका छन्।

विशेषगरी फेसप्याक पूर्ण रूपमा सुक्दासम्म अनुहारमा राख्ने बानीले छालाको प्राकृतिक तेल र ओसिलोपन घट्ने, जसका कारण छाला सुक्खा, संवेदनशील र चिडचिडे बन्न सक्ने चेतावनी दिइएको छ।

विशेषज्ञका अनुसार मुल्तानी माटोको फेसप्याक बनाउँदा छालाको प्रकारअनुसार सामग्री मिसाउनु उपयुक्त हुन्छ। तैलीय छालाका लागि गुलाबजल वा गोलभेँडाको रस प्रयोग गर्न सकिन्छ भने सुक्खा छालाका लागि दूध, मह वा दही मिसाउँदा राम्रो परिणाम दिन्छ।

फेसप्याक लगाउनुअघि अनुहार राम्रोसँग सफा गर्नुपर्ने र १० देखि १२ मिनेटभन्दा बढी नराख्न सुझाव दिइएको छ। प्याक सुक्न थालेपछि तुरुन्तै हल्का रूपमा पानीले ओसिलो बनाउँदै बिस्तारै मसाज गरेर धुनुपर्ने बताइएको छ।

धोइसकेपछि टोनर र मोइस्चराइजर प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ, जसले छालाको प्राकृतिक नमी कायम राख्न मद्दत गर्छ।
विज्ञहरूले मुल्तानी माटो प्राकृतिक उपचार भए पनि गलत प्रयोगले छालामा जलन, रातोपन र अन्य समस्या निम्त्याउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय