spot_img

रोजगारी प्रवर्द्धनलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधवकुमार नेपाल

spot_img
spot_img

काठमाडौं,२३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वदेशमै रोजगारी सिर्जना हुने क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर नहुँदा ठूलो संख्यामा नेपाली युवाहरू विदेशिन बाध्य भइरहेको बताए।

पूर्वप्रधानमन्त्री नेपालले उत्पादनमूलक उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार व्यवसायिक वातावरणलाई प्रतिकूल नहुने गरी नीति निर्माण गर्न आवश्यक छ।

“उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ, जसले रोजगारी सिर्जना गर्न सघाउँछ,” उनले भने।नेपालले स्वदेशी उत्पादन वृद्धि गरी आन्तरिक उपभोगसँगै निर्यात विस्तार गर्न सके अर्थतन्त्रलाई आयातमुखीबाट निर्यातमुखी बनाउन सकिने बताए।

उनका अनुसार उत्पादन, उद्योग र व्यवसायको विस्तारले न केवल अर्थतन्त्र सुदृढ हुन्छ, बरु राज्यको राजस्व संकलन पनि उल्लेखनीय रूपमा बढ्छ।

पूर्वप्रधानमन्त्री नेपालले उद्योगधन्दा विस्तार भए नागरिकको आयस्तर र क्रयशक्ति बढ्ने उल्लेख गर्दै आर्थिक समृद्धिका लागि उत्पादनमूलक क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

उनले सरकारले दीर्घकालीन सोचसहित रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय