spot_img

मधेस प्रदेशसहित १३ जिल्लामा रास्वपाको अधिवेशन हुन बाँकी

spot_img
spot_img

काठमाडौँ,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा देशका अधिकांश प्रदेश र जिल्लामा संगठनात्मक अधिवेशन सम्पन्न भएको जनाएको छ।

महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले हालसम्म ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार मधेस प्रदेश तथा १३ जिल्लामा भने अधिवेशन प्रक्रिया अझै बाँकी रहेको छ।

बुर्लाकोटीले अधिवेशन सम्पन्न हुन बाँकी रहेका प्रदेश र जिल्लाबाट समेत महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गरिएको बताए। उनले ती क्षेत्रका प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिए।

यसैगरी, देशभरका ६०९ स्थानीय तहमा पार्टीका तदर्थ समिति गठन भई अधिवेशन सम्पन्न भइसकेको उनले बताए। बाँकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा संगठन विस्तार र अधिवेशन सम्पन्न गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको पनि उनको भनाइ छ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने, नयाँ नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य राखेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय