spot_img

देशलाई जिताउने लक्ष्यसहित राजनीतिमा आएको रास्वपाको दाबी

spot_img
spot_img

काठमाडौं,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले ले आफ्नो पार्टी कसैलाई पराजित गर्न नभई देशलाई सफल र समृद्ध बनाउन राजनीतिमा आएको बताएका छन्।

पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले रास्वपाको उद्देश्य पुराना राजनीतिक शक्तिसँग द्वन्द्व गर्नु नभई देशमा नयाँ राजनीतिक संस्कार स्थापना गर्नु रहेको बताए।

उनले राजनीति केवल प्रतिस्पर्धा र विरोधको माध्यम मात्र नभई सकारात्मक परिवर्तन र निर्माणको अभियान हुनुपर्ने धारणा राखे। रास्वपाले जनताको अपेक्षा अनुरूप वैकल्पिक राजनीतिक अभ्यास अघि बढाउने प्रयास गरिरहेको उनको भनाइ थियो।

वाग्लेले पार्टीको शक्ति केवल जनआक्रोशमा सीमित हुन नहुने उल्लेख गर्दै आशा, विश्वास र समाधान प्रस्तुत गर्ने क्षमतामा आधारित हुनुपर्ने बताए। उनले आलोचनासँगै व्यवहारिक विकल्प दिन र विद्रोहसँगै निर्माणको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

महाधिवेशनमार्फत रास्वपाले संगठन सुदृढीकरण, वैकल्पिक राजनीतिक सोचको विस्तार तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य राखेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय