मुलुककाे सार्वभाैमिक्ता र अखण्डताकाे रक्षाका लागि भन्दै भारतमा ५९ चिनियाँ एप उपर प्रतिबन्ध लगाइएकाे छ।
सार्वजनिक आदेशको पूर्वाग्रहलाई ठेस पुर्याएकाे भन्दै उक्त निर्णय लिएकाे हाे।
बन्द हुने टिकटकसहित हेलो, यूसी ब्राउजर, लाइकी र विच्याट लगायतका चर्चित एप छन्।
सूचना प्रविधि ऐन (आईटी ऐन) को धारा ए काे प्रावधान अन्तर्गत सूचना प्रविधि मन्त्रालय (जनताबाट सूचना पहुँच रोक्नको लागि प्रक्रिया र सुरक्षा) नियमावली, २००९ अनुसार उक्त एपहरु बन्द गरिएकाे जनाइएकाे छ

