काे हुन् ‘विनोद’, किन हुँदैछन् सामाजिक सञ्जालमा ट्रेण्डिङ ?

spot_img

काठमाडौं । ट्वीटर लगायतका सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘विनोद’ ट्रेण्डिङमा छ । अब तपाईंलाई लाग्न सक्छ, विनोद पनि कुनै ट्रेण्डिङमा आउनुपर्ने विषय हो ?

तर केही दिनयता यो शब्द ट्वीटरमा टप ट्रेण्डिङको लिस्टमा छ । #Binod (ह्यास ट्याग विनोदमा) अहिलेसम्म दशौं हजार ट्वीट भइसकेका छन् । अहिले यसको चर्चा सबैतिर छाएको छ ।

प्रशिद्ध कम्पनीहरु पनि अब यही ट्रेण्डिङलाई उपयोग गर्दै आफ्ना पोस्टहरु शेयर गरिरहेका छन् । ट्वीटर र फेसबुकमा विनोदसँग जोडेर अनेकौं मिम्सहरु आइरहेका छन् ।

अहिले यो शब्द सोसल मिडिया पोस्ट, मिम्स तथा कुनै पनि पोस्टको कमेन्ट सेक्सनमा जताततै देखा परिरहेको छ । तर तपाईं हामी मध्ये कतिपयलाई थाहा छैन कि आखिर यो ट्रेण्डिङमा रहेको ‘विनोद’ को हो र एकाएक कसरी ट्रेण्डिङमा आयो ?

विनोदको पुरा नाम हो विनोद थारु । जसको एउटा युट्युव च्यानल छ, तर त्यसमा कुनै भिडियो भने छैन । उनको युट्युव गतिविधि पनि सीमित छ । उनी अरुको भिडियोमा गएर आफ्नो नाम ‘विनोद’ लेख्छन् ।

हालसालै स्ले पोइन्ट नामक युट्युव च्यानलले एउटा भिडियो बनायो । जसमा युट्युव च्यानलहरुमा आउने कमेन्टहरु कति अर्थहीन हुनसक्छन् भन्ने विषयमा रोस्ट गरिएको थियो । भिडियोमा देखिने अनुहार अभ्युदय मोहन र गौतमी कवालेको ध्यान युट्यव च्यानलको एउटा कमेन्टमा जान्छ ।

त्यो कमेन्ट अरु केही नभएर एउटा नाम ‘विनोद’ लेखिएको थियो । एकाएक उनीहरुले बनाएको भिडियो भाइरल भयो । अनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नै सोसल मिडिया पोस्ट र कमेन्टमा ‘विनोद’ लेख्दै यसलाई ट्रेण्डिङमा पुर्‍याइदिए ।

यसरी ह्यास ट्याग विनोद लेखिएका पोस्ट तथा कमेन्टको बाढी नै आउन सुरु भयो र यो नाम नै ट्रेण्डिङ बन्यो । यसरी एकाएक विनोद भाइरल हुन कुनै समय नै लागेन ।

यो शब्द यति धेरै भाइरल भयो कि स्वीग्गी, टिण्डर, नेटफ्लिक्स, पेटीएम जस्ता ब्राण्डहरु समेत यही भाइरल नामसँग जोडेर पोस्ट गर्न थाले ।

यस्तैमा गब्बरसिँह नामका एकजना ट्वीटर प्रयोगकर्ता फिनटेक स्टार्टअप कम्पनी पेटीएमलाई ट्वीटरको युजर नेम परिवर्तन गरेर विनोद राख्न सक्नुहुन्छ भन्दै प्रश्न गर्छन् । पेटीएमले क्षणभरमै अनुरोध स्वीकार गर्दै तत्कालै आफ्नो युजर नेम नै विनोद राखिदिन्छ ।

प्रशिद्ध स्ट्रिमिङ प्लेटफर्महरु डिज्ने प्लस हटस्टार पनि यो नामसँग जोडेर मिम्स राख्न थाल्यो ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय