धनुषामा भएको सामूहिक बलात्कारको आरोपमा एक पक्राउ,

spot_img

जनकपुरधाम, ८ भदौ । धनुषामा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो । यही १ गते भदौको साँझ दिदीको घरबाट घर जाँदै गरेकी २० वर्षीया युवतीलाई धनुषाधाम नगरपालिका— २ स्थित धरमपुर सडकखण्डमा ४ जना युवक मिलेर सामूहिक बलात्कार गरेको खुलासा भएको थियो ।

दिदीको घर नौसय गाउँबाट दुई जना गाउँले दाजुसँगै साँझ करिब साढे ६ बजे घर जाँदै गरेकी ती युवतीलाई ४ जना युवाहरूले पिछा गर्दै दुवै दाजुलाई कुटपिट गरी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिएका हुन्।

ती युवती र उनीसँगै रहेका दुई जना दाजुलाई बाटोमा चारै जनाले जबर्जस्ती रोके त्यसपछि गाउँका अन्य साथीहरूलाई समेत बोलाएर दाजुलाई कुटपिट गरी गाउँबाट आएका अन्य साथीहरूलाई घर पठाई पालैपालो बलात्कार गरे,’ उनले भने घटनालगत्तै ती युवतीले प्रहरीलाई खबर गरेको डीएसपी मिश्रले बताए ।

उनका अनुसार अनुसन्धानका क्रममा पीडितले टिपाएको हुलियाका आधारमा घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा सनाखतका लागि ल्याइएको थियो ।

तीनीहरूमध्ये धनुषाधाम नगरपालिका– २, धरमपुर बस्ने १९ वर्षीय विजयकुमार यादवलाई पीडितले पहिचान गरी सनाखत गरेको उनले जानकारी दिए ।

यादवलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनको भनाइ रहेको छ ।
घटना भएलगतै प्रादेशिक अस्पताल जनकपुरमा ती युवतीको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आइनसकेको डीएसपी मिश्रले बताएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय