काठमाडौं, १४ भदौ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ७४ वर्षीया आमा र ६० बर्षका छोरा रहेका छन् । उनीहरुको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य बिज्ञान प्रतिष्ठानले एक बिज्ञपति जारी गर्दै जनाएको छ । उनीहरु शनिबार राति अस्पताल भर्ना भएका थिए ।
बिज्ञप्तिमा छोरा र आमाको ४५ मिनेट अन्तरमा ज्यान गएको बताइएको छ । छोराको बिहान ७ बजेर ४५ मिनेट जाँदा ज्यान गएको थियो भने आमाको ८ बजेर ३० मिनेटमा ज्यान गएको थियो ।
उनीहरु दुवैमा उच्च रक्तचाप, श्वासप्रश्वासमा समस्या, उच्च ज्वराे र खाेकी थियो । मृत्युपस्चात आज बिहान गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जनाएकाे छ ।

