१४८ गम्भीर अवस्थाका कोरोना संक्रमितको आईसियू र भेन्टिलेटरमा उपचार हुँदै

spot_img

काठमाडौँ— नेपालमा विभिन्न अस्पतालमा उपचारारत १ सय ४८ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गम्भीर अवस्थाका १४८ जनामध्ये १३२ जना आईसीयूमा र १६ जना जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेश १ मा ४, प्रदेश २ मा ३८, बागमतीमा ७०, गण्डकीमा ३ र प्रदेश ५ मा १७ गरी १३२ जनाको कोरोना संक्रमित आईसीयूमा उपचार भइरहेको छ ।

यस्तै, बागमती प्रदेशमा १३, प्रदेश ५ मा २ र प्रदेश १ का १ जना गरी १६ जना संक्रमितहरु भन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय