वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

spot_img

वीरगन्ज । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

१७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुषको सोमबार राति पौने एक बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाए । कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

योसहित कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय