नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु

spot_img

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ । चितवनमा चार, पर्सामा ३ तथा काठमाडौँ २ र सुनसरीमा थप एकजनाको मृत्यु भएको हो । काठमाडौँको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज बिहान मृत्यु भएको हो । त्यस्तै, केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै,चितवनमा सोमबार मृत्यु भएका तीनजनामा कोरोनासंक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीनजनामा कोरोना संक्रमण देखिएकोे अस्पतालले जनाएको छ ।

यस्तै, चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

यस्तै, पर्सामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका ५३ बर्षीय पुरुष, बारा कोहल्वीका ६० वर्षीय पुरुष र अर्का ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय