बीरगन्ज २१ भदौं । बारा र पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणका अनुसार पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा जम्मा २ जना नयाँ संक्रमति भेटिएका छन् ।
शनिबार गरेको परिक्षणको नतिजा सार्वजनिक गर्दा पर्सा र बारामा ५ महिलासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालको प्रयोशालामा ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा यति संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन् ।
थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन् ।
त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को तिन जना, वडा नम्बर ९, १५ र २५ का दुई/दुई जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का एक/एक रहेका छन् भने, कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन् । थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन ।
त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको डा. चौरसियाले बताए ।

