भारतमा कोरोना संक्रमण नयाँ रेकर्ड, एकैदिन ९६ हजारबढी संक्रमित

spot_img

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहीबार ९५ हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४ सय ३८ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय १३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३ सय ४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय