शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

सोनमले सान्त्वना देखाउँदै कंगनाको पक्षमा ट्वीट गरे पछि, कंगनाले उल्टै गरिदिइन् ट्रोल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । फिल्म अभिनेत्री सोनम कपुरले कंगना रनौतको अफिसमा डोजर चलाएपछि सान्त्वना देखाउँदै कंगनाको पक्षमा ट्वीट गरेर दुःख जताइन् । यसमाथि कंगनाले सोनममाथि कटाक्ष गर्दै उनले आफ्नो संघर्षको तुलना ‘ड्रगी’ रिया चक्रवर्तीसँग गरेको आरोप लगाइन् ।

- Advertisement -
कंगना रनोटको अफिसलाई बीएमसी अधिकारीले बुधबार तोडफोड गरे । बान्द्राको पाली हिलस्थित उनको कार्यालयको अवैध निर्माणलाई हटाउनका लागि कारवाही गरिएको बताइयो ।

बीएमसीको यो कदमले थुप्रै बलिउड सेलिब्रिटी कंगनाको समर्थनमा आए । सोनम कपुरले पनि कंगनालाई आफ्नो समर्थन दिइन् । तर कंगनालाई उनको सहानूभूती रत्ति भर पनि मन नपरेको जस्तो देखिन्छ । सोनमलाई जवाफ दिँदै रिया चक्रवर्तीसँग आफ्नो तुलना नगर्न भनेकी छिन् । सुशान्त सिंह राजपूतसँग जोडिएको ड्रग–एंगलको अनुसन्धनमा एनसीबीले रियालाई पक्राउ गरेपछि रिया १४ दिनको न्यायिक हिरासतमा छिन् ।


सोनम कपुरले महात्मा गान्धीको भनाईलाई दिया मिर्जाको ट्वीटसहित रिट्वीट गर्दै लेखिन्, ‘आँखाका लागि आँखै भन्ने हो भने यसले पूरा संसारलाई नै अन्धो बनाइदिन्छ ।’

- Advertisement -

तर कंगनाले सोनममाथि निशाना साँध्दै ट्वीट गरिन्, ‘अचानक माफियाका प्रतिकहरुले मेरो घरमा भएको त्रासदिको माध्यमले रियाका लागि न्याय माग्न सुरु गरेका छन्, मेरो लडाईं मानिसहरुका लागि हो र उनीहरुले मेरो संघर्षको तुलना कमजोर र टुटेकी एक मामुली ड्रगीसँग गर्न तत्काल बन्द गरियोस् ।’


कंगनाको समर्थनमा ट्वीट गर्दै दिया मिर्जाले ट्वीट गरेकी थिइन्, ‘कंगनाको कार्यालयको विध्वंसको निन्दा गर्छु । रियाविरुद्ध उत्पीडन र दुर्व्यवहारको निन्दा गर्छु । यो पक्ष लिनेबारे होइन । यो अन्यायपूर्ण हो । याद राख्नुहोस् कि यो तपाईंमाथि पनि हुनसक्छ ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार