पोखरियामा १७ जनाले गरे रक्तदान

spot_img

शैलेस गुप्ता
पोखरिया, ४ असोज – पर्साको पोखरियामा भएको रक्तदान कार्यक्रमा १७ जनाले रक्तदान गरेका छन् ।

सो नगरपालिकाको वडा नम्बर ९ बैरिया विर्तामा आज रक्तदान कार्यक्रम भएको थियो । जया माँ सरस्वती बाल क्लब, बैरिया विर्ताको आयोजना र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा कार्यालय पोखरियाको सहकार्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियार प्रमुख अतिथि रहनु भएको रक्तदान कार्यक्रममा उपप्रमुख सलमा खातुन, जनता समाजवादी पार्टीका नेजामुद्दिन समानी, वडा अध्यक्ष रामबाबु प्रसाद चौहान, नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय पोखरियाको सभापति भगवान प्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष मन्सुर आलमको अध्यक्षतामा सम्पन्न भएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय