यौनी मनोवाद

spot_img

-मिताली भारद्वाज

हुन त हामी २१ औं शताब्दीमा बाँचिरहेका छौ । आफ्नो आधुनिकताको प्रचारप्रसारमा हामीले कुनै कसर बाँकी राखेका छैनौँ । आधुनिकभन्दा आधुनिक सुखःशैलमा बाँचिरहेका छौ, हामी । बौद्धिक विमर्शमा थाहै नभएको विषयमा पनि दुई चार शब्द बोलेर, आफु कडा बुद्धिमान हो भनेर धाक लगाउँछौ ।

तर, जब महिलासँग जोडिएका विषयवस्तुहरुको बहस हुन्छ, तब थाहा हुन्छ कि हामी बौद्धिक र सामाजिक रुपमा कति पछाडि छौं । महिला सम्बन्धी केही मुख्य मुद्दाहरुलाई सामान्य संवादको भाग बनाउन आज पनि हामी व्यापक रुपमा विफल भएकै छौं ।

हामीले हाम्रो शरीर र शरीरको अंगहरुबारे ज्ञानी हुनु, सचेतना दर्शाउनु एकदम सामान्य हो । हाम्रो शरीरका बारेमा हामीले जान्नै पर्छ नि, होईन ?

तर, दुर्भाग्य के छ भने, जब यो ज्ञान हाम्रो निजी अंग (योनी)को विषयमा आउँछ, तब यो असामान्य बन्न बेर लाग्दैन । हुन त, यो शारीरिक बनोटको महत्वपुर्ण अंग हो, हैन?

तपाई रूढिवादलाई दोष दिनुस्, पितृसत्तात्मक प्रत्यक्ष ज्ञानलाई दोष दिनुस् अथवा जे सुकै र जो सुकै दोष दिनुस्, तर तथ्य यही नै हो । यदि तपाईले आजसम्म यौनको बारेमा कुरा गर्दा आफुलाई प्रश्नहरुको जालमा घेरिएको महशुस गर्नु भएको छैन भने, तपाई अपवाद हुनु हुन्छ ।

सामान्यतः हाम्रो समाज र हामी आफै यौनीको बारेमा खुलस्त भई बोल्न नसकेको र बोले पनि त्यसबारे चेतनाको कुरासँग धेरै पछाडिएकाले समाजमा त्यसबारे एक किसिमको अतार्किक विश्वास उत्पन्न हुन जान्छ ।

हाम्रो समाजमा हर दोस्रो मान्छेले महिलाको शरीर महिलाको जोवनबारे टिका टिप्पणी नगरिकन आफ्नो ग्रन्थ लेख्ने गर्छन् ।
उदाहरण स्वरुप “महिलाको शरीर कस्तो देख्नु पर्छ?”, “महिलाको योनी कस्तो देख्नु पर्छ?”

जबकी वास्तवमा एउटा महिला शरीरको कुनै परिभाषा नै छैन । किनभने, सबै योनी जस्ता छन्, त्यस्तै सुन्दर र उत्तम छन् । जसरी हामी रूप, रंग, गुण, कला इत्यादिमा एकअर्काबाट फरक हुन्छौं, त्यसरी नै हाम्रो यौनी पनि एक अर्का भन्दा फरक हुन्छ । जब हामी आफुलाई अरुसँग तुलना गर्न सहज ठान्दैनौं भने हामी आफ्नो शरीरको एउटा मूल अंगलाई अन्य कसैको धारणाले सिँर्गान किन खोज्छौं ?

जून समाजमा हामीलाई “यौनी” शब्द सम्म सामूहिक स्तरमा बोल्न निषेध लगाइएको छ, त्यही समाजमा यौनी सौन्दर्य शास्त्रको एक मुल्यवान रत्न हो भन्ने हाम्रो धारणा कहाँबाट आएको छ ?

संचार, म्यागजिन्स, भिडियोहरुमा चित्रण गरेझै वास्तविक योनी हुँदो रहेनछ । प्रायः मिडियामा देखाईने यौनीलाई नै, “परफेक्ट भेजिना” को स्वरुपमा सबैले अंगीकरण गरेका हुन्छन् । जसका कारण महिलाहरुमा आफ्नो शरीरलाई लिएर आत्मविश्वास घट्दै गएको देखिन्छ । त्यसरी नै, पुरुषहरुमा अपेक्षा बढेको देखिन्छ । महिला पक्षमा असुरक्षाको भावना बढ्दै गएकोले उनीहरु आफ्नो शरीरमा आफै सहजता महशुस गरेको पाईदैन । समाजले तोकेको तहमा आफुलाई दोहोर्याउन तिनीहरु बाध्य हुन्छन् ।

महिलाहरुले यस बारेमा कोहीसँग संवाद पनि गर्न सक्दैनन् । अन्तिम विकल्पका रुपमा इन्टरनेट सर्च गर्छन् । तर, इन्टरनेटमा पनि विषय केन्द्रित र अतार्किक लेखहरु भेटिन्छन् ।

तिनीहरुले विभिन्न उत्पादनहरू बुद्धिमानी पूर्वक प्रयोग गर्न जानेका हुदैँनन । लोसन र साबुनहरूले योनी भल्भामा नकारात्मक असर पुर्याउन सक्छ । रेजर बर्न जस्ता चीजहरू सामान्यतया असुविधाजनक हुन्छन् । यस्ता यौन सम्बन्धित उत्सुकता र प्रश्नहरुले हर दोस्रो महिला माथि प्रहार गरेकै हुन्छ । योनीको एक मात्र उद्देश्य भनेको बच्चालाई जन्म दिनु हो भन्ने मिथकलाई अन्त्य गर्नु आवश्य छ । योनीबारे खुलेर संवाद गर्न सक्ने वातावरणको स्थापना गर्नु अहिलेको अपरिहार्य आवश्यक्ता हो । कुनै पनि महिलाको यौनी, केवल उसको रोजाई हो । कसैको प्रभावमा आएर कुनै महिलाले आफ्नो यौनीलाई अर्कासँग तुलना गर्नु कदापि उचित होईन । र, समाजका अन्य कुनै पात्रले कुनै महिलालाई यस्तो गर्न बाध्य बनाउनु पनि गलत हो । यदि तपाईको यौनी पत्रिका वा चलचित्रमा तपाईले देख्नु भएको भन्दा मिल्दैन भने, तपाई एक्लो हुनुहुन्न भन्ने कुरा बुझ्नुस् र तपाई जस्तो हुनुहुन्छ त्यस्तै ठीक हुनुहुन्छ, सर्वश्रेष्ठ हुनुहुन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय