
-दिवाकर ऊप्रेती
कोभिड १९ बाट विश्वनै आतङ्कित छ । त्यति मात्र होईन विश्वमा आज सम्ममा तिन करोड सात लाख जानामा कोभिड देखिएको छ भने ९५ लाख बढिले ज्यान नै गुमाएको अवस्था छ । यस बिच नेपाल पनि अछुतो भने छैन् । यसका केहि जिल्ला बाहेक दिनहु एक हजार भन्दा बढी बिरामि थपिदै आएका छन् भने करिव १४ जनाले प्रतेक दिन ज्यान गुमाएको अवस्था छ । यो तथ्याङ्कलाई मात्र विश्लेषण गर्ने हो भने देश कोभिड १९ को तेस्रो चरण अर्थात समुदायिक स्तरमा फैलिएको छ । यो संग बाच्न विश्व नै लागि परिरहेको छ । सबै भन्दा ठुलो, शक्तिशाली तथा विकसित मुलुकनै यसको मार खेप्न नसकेर साबधानी अपनाउन आफ्नो अनुभब आदानप्रदान गरिरहेका छन् । यसबाट बाच्न र बचाउन हर प्रहर विश्व स्वास्थ्य संगठन लागेको छ भने भाइरसले आफ्नो रुप परिवर्तन गरिरहेको पनि जानकार तथा बिग्यहरुको कथन छ ।
तर यस बिच सबै भन्दा बढि मार विधार्थी हरुले खेप्नु परेको छ । हुन त् : विधार्थी बिचको आवाज न सरकारको उपल्लो तहका व्यक्ति सम्म नै पुग्छ न त राजनितिक दलमा आवद्ध तिनै नेता, मन्त्री न सरोकारवालाहरु बिच नै । भन्ने हो भने विधार्थी अभिभावक बिहिन छन् । राज्यप्रतिको जवाफदेहिता र पारदर्शिता माग्न सडक देखि सदनमा तिनै युवा आवाज मात्र सिमित छ जसले नेताका अगाडि पछाडि बसेर चाप्लुसी तथा अवसरका निम्ति हानाथाप गर्छन् । हुन पनि किन बुझुन् यिनले विधार्थीका कुरा ? विश्व विद्यालय देखि पार्टी सम्म तिनै ४० पार युवा नेता नै त छन् । जसले यिनै राज्य सम्यन्त्रमा आफ्नो बर्चस्व कायम गरेका छन् । यिनले आफु र आफ्ना बाहेक कोहि देख्नै जो चाहन्न ..! अनि कसले बुझ्ने आम विधार्थीको कुरा ? सायद किन पनि बुझुन् आम बिधार्थी को समस्या जो कुनाकन्दरामा बसेर यो माहामारी बिच आफ्ना बा आमालाई खेतको आलि देखि हलो जोत्ने सहयोग गर्दै छन् । एक छाक खान धौ धौ परिरहेको बेला निर्दयी सरकारको जो लकडाउन पालना गर्नु छ । अनलाईन कक्षाको लागि घरमा फकाई फुलाई रिचार्जजो भराउनु छ । किन पनि बुझुन् यिनले विधार्थीका कुरा ..! आफ्ना घरमा बास्मति देखि मार्सि चामल फाला फाल छ । तरकारी र फलफूल अनलाईन बाट जो पाईन्छ अनि आफ्ना बालबच्चाका लागि टप स्टान्डर्ड नोट प्याड देखि ल्यापटप जो छ ।
होस् देश गरिब छ ! त्यसैले त ति धनि बनेका छन् । तर तिनका निहित स्वार्थ पूर्तिका लागि विधार्थीलाई कुनै बेला भेडा सरि सडमा उतारेका तिनै युवा नेता न आज विधार्थीको हकमा बोल्छन न त विधार्थीले राखेका सवालमा आफ्नो आवाज नै थप्छन् । हो ! यो घडि अब विधार्थी स्वयंमको संघर्ष हो । संघर्ष, आज छ महिना देखि अन्योल परिक्षा मात्र होइन बर्षै देखि अन्धकारमा राखेको भविष्यका लागि । एक पटक सोचौ त ! यो देशमा कति पटक आन्दोलन भए कति पटक आन्दोलनको क्रममा विधार्थी निर्धात कुट पिट भए अनि कति पटक त्यस्ता आन्दोलनले स्थापित गरियो यि नेताहरुलाई ??
सायद आम विधार्थीको कमजोरि यहि थियो जहाँ हामिले स्थापना गराएका हरुले कलम उठाउने बेला बन्दुक र ढुंगा बोकाए । हो हामि विधार्थीले कलमको संघर्षले उनीहरुलाई तछाडमछाड गर्न सक्ने अवस्थामा हामिले थुप्रै पटक केहि राम्रो त होला भनि घैर्यता प्रकट गर्रौ । अब यति बुझौ विधार्थीलाई अप्सनमा राख्ने लाई बहिष्कार गरौ र सुरुवात गरौ आफ्नो भविष्य बनाउने लडाइमा । लडाई कुनै बन्दुकको होईन कुनै पार्टिको लागि पनि होईन सिर्फ यिनै कलमका मसिना निभले निम्नै आटेका दियो को निम्ति ।। जुन दियो विधालयले आफ्नो लोगोमा राखि कक्षाकोठा अन्धकार बनाएका थिए । आर्थिक कमाउन न कै लागि विधार्थीलाई जो मारमा पार्थिए । त्यति मात्रै कहाँ हो र ..! विधार्थीले कोर्ने भविष्यको लक्ष्यमा जो अन्धकार बनाएका थिए । बनाएका थिए त केबल ठुला ठुला भवन, ठुला ठुला अक्षरले भरिएका चोक र गल्लीमा होडिङ्ग बोड् । बनाएका थिए आम अभिभावकलाई उल्लु । साच्चै यिनलेनै त बनाए ति सरकारि विधालयलाई खालि, जिर्ण र यिनै ले त बनाए सरकारलाई ठुला ठुला बोरा जो दिइ । सायद यिनले नै बालि राखे आफ्नो घरको दियो तर खै किन हो बालेन्न विधार्थीको निम्ति दियो ।
अब पनि सरकारले आम विधार्थीलाई मध्यनजर गरि शैक्षिक प्रणालीलाई बिधार्थी मैत्रि तथा पहुँच योग्य नबाउने हो भने यस देशमा विधार्थीको अस्तित्व हराउने छ । करिव ६ महिना बढिको बिचमा हजार भन्दा बढि विधार्थीले आत्महत्या गरेका छन्। कसैले इन्टरनेट न चलेकोले आत्महत्या गरे, केहिले मोवाईल न भएकोले आत्महत्या गर्न पुगे । आखिर कहिले सम्म विधार्थीलाई मार्ने राज्यले ? लकडाउनमा विधालयको शुल्क तिर्न नसकेको अवस्थामा १० बढि विधार्थीले अहिले सम्म आत्महत्या गरे । यि आत्महत्या नभई राज्यको करणि बाट हत्या भएको हो भन्दा दुइमत नहोला । यि बिषयले शिक्षा प्रणालि माथि ठुलो प्रश्न चिन्ह खडा गरेको छ ? विधार्थीलाई मात्र नभई यस राज्यले बारम्बार आम जनतालाई पनि मानसिक तथा आर्थिक चट्टारो दिने गरेको प्रसस्त उदाहरणहरू आम जनता माझ जस्ताको त्यस्तै छ । तसर्थ: राज्यले यि बिषयमा चनाखो भई यसको समाधान खोज्नै पर्छ । आम विधार्थीको हकमा सहि कदम चाल्नै पर्ने हुन्छ ।

