इच्छाधारी नागिनमा देखिँदै श्रद्धा कपूर

spot_img

काठमाडौं । श्रद्धा कपूर आफ्नो आगामी फिल्म ‘नागीन’मा ईछाधारी नागिन खेल्न तयार भएकी छिन् । बलिउडमा इच्छाधारी नागिनको कन्सेप्ट धेरै पुरानो हो । ८० को दशकमा श्रीदेवीले नागिन बनेर सबैको मन जितेकी थिइन् । यसको ट्रेण्ड फेरि शुरु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री श्रद्धा कपूर ठूलो पर्दामा पहिलो पटक नागिनको रोल प्ले गर्दैछिन् । उनले नयाँ प्रोजेक्ट साइन गरेकी छन् । उनको फिल्मको नाम नागिन राखिएको छ । फिल्मको निर्देशन विशाल फुरियाले गर्दैछन् ।

सोशल मिडियामा समाचार शेयर गर्दै श्रद्धा कपूरले लेखिन्, “पर्दामा नागीनको भूमिका खेल्न पाउँदा मलाई धेरै खुशी लागेको छ । म श्रीदेवी म्यामको नगीना र निगाहे लाई हेर्दै ठूली भएकी हुँ, र सधैं यस्तै भारतीय परम्परागत लोक कथामा आधारित भूमिका खेल्न चाहन्थेँ ।”

spot_img

ताजा अपडेट

लोकप्रिय