युवा पुस्तालाई उद्योगतर्फ आकर्षित गर्ने र सफल उद्यमी बन्न अभिप्रेरित गर्नु प्रमुख आवश्यक्ता हो ।

spot_img

सुवोधकुमार गुप्ता :

वीरगञ्ज राज्यको प्रमुख आर्थिक नगरी हो । यहाँबाटै देशको झण्डै दुई तिहाई कारोवार हुने गर्दछ । देशकै सबैभन्दा ठुलो औद्योगिक कोरिडोरको रुपमा वीरगञ्ज पथलैया औद्योगिक कोरिडोर यसै क्षेत्रमा अवस्थित छ । यस क्षेत्रमा लगभग १२ सय देखी १५ सय सम्म साना ठुला उद्योग कलकारखानाहरु सञ्चालनमा छन् ।

वीरगञ्जलाई संयोगबश भुगोलले पनि साथ दिएको छ । तर यही भौगौलिक अवस्थाको फाइदा भने यहाँका उद्योगी व्यावसायिले उठाउन सकिरहेका छैनन् । तराई मधेश द्रुत मार्गको निर्माण कार्य सम्पन्न भए र निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सम्पन्न भएमा अँझ बिशेष गरी अर्थतन्त्रले फड्को मार्ने अवस्थाको सृजना हुने सम्पुर्ण व्यावसायिहरुको अपेक्षा छ ।

फलस्वरुप सरकारले देशको हित र देशबासीको बिकासको निम्ती भएपनि यि योजनाहरुलाई तिब्र गतिमा अगाढी बढाउनुपर्ने आवश्यक्ता देखिन्छ । अन्तराष्ट्रिय बिमानस्थल बन्यो भने यसले चौतर्फी रुपमा नेपाललाई फाइदा पुग्ने निश्चित छ । अहिले पनि ७० प्रतिशत काग्रोहरु वीरगञ्ज रक्सौल भएर जाने गरेका छन् ।

अहिलेपनि यस क्षेत्रमा ४० देखी ५० प्रतिशतसम्मको लगानी छ । भैरहवा, बिराटनगर, नेपालगञ्ज लगायतका क्षेत्रभन्दा पनि बढी आर्थिक कारोवार हुने र धेरै उद्योगहरु सञ्चालित क्षेत्र भएकाले पनि यसको बिकासको लागी सरकारले वीरगञ्जलाई बिशेष रुपमा हेर्न जरुरी छ ।

म आफै पनि वीरगञ्जलाई प्रतिनिधित्व गर्ने भएको हुँदा बारा, पर्सा, रौतहट सहित समग्र राष्ट्रकै उद्योग नितिलाई सहज, सरल र सुविधाजनक तरिकाले बिकास गर्नुका साथै नया पुस्ताहरुका लागी सफल उद्यमी बन्न अभिप्रेरित गर्न पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।

आयातमुखी अर्थतन्त्रमा आधारीत देशलाई निर्यातमुखी अर्थतन्त्रको रुपमा बिकास गर्ने प्रमुख एजेण्डाका साथै देशमा उद्योग कलकारखानाहरुको बिस्तार गरेर स्वदेशमै रोजगारी सृजना गर्ने, बैदेशिक रोजगारीलाई कम गर्ने ध्येय मेरो र हाम्रो समुहको छ ।

यसका साथै हाम्रा छिमेकी राष्ट्र चिन र भारतको लगभग दुई अर्बको बजारमा नेपालको उत्पादनलाई निर्यात गरेर पनि आय आर्जन गर्न सकिने बाटो अर्काेतर्फ छ ।

त्यतिमात्रै नभएर विदेशी उद्योगी व्यावसायिहरु नेपालमा आएर ढुक्कसँग लगानी गर्न सक्ने वातावरणको सृजना गर्ने सपनाले पनि साकार रुप लिन कुनै समय नलाग्न सक्छ । किनभने विगतमा सानो व्यावसायबाट शुरु गरेका र अहिले नेपालको निजि क्षेत्रको नेतृत्व गरिरहेका विभिन्न उदाहरणीय व्यक्तिहरु अहिलेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी दिइरहेका छन् । राजनितीलाई परित्याग गरेर निजि क्षेत्रको बिकासका लागी अनवरत रुपमा लागीरहेका व्यक्तिहरुको क्षमता र प्रतिभालाई कदर गर्ने समय यही हो ।

आ आफ्नो क्षेत्रमा सफलता हासिल गरेर ख्याति कमाईसकेका व्यक्तिहरुले उम्मेदवारी दिनु भनेकै निजि क्षेत्रको बिकास हुनु हो । फलस्वरुप यस्ता व्यक्तिहरुको जितबाट राज्यको निति निर्मातालाई सघाउ पुग्नेमा कुनै आशंका छैन ।

“लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।”

spot_img

ताजा अपडेट

लोकप्रिय