दुई मोटरसाईकल चोर पक्राउ

spot_img

बारा, २५ मंसिर- बारा प्रहरीले दुई मोटरसाईकल चोरलाई पक्राउ गरेको छ ।

बारा जिल्ला निजगढ नगरपालिका वडा नं. ७ बस्ने २२ वर्षीय मान बहादुर श्रेष्ठ र सोही ठाउँका कृष्ण दर्लामी मगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पूर्व पश्चिम राजमार्ग सडकखण्डबाट ती दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

निजगढ नगरपालिकाको वडा नं. ९ शहिदचोकस्थित सो सडकखण्डमा सवारी चेकजाँचको क्रममा दुवै जनालाई चोरी गरी ल्याएको बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरका दुई थान पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई चोरी मुद्दा अन्र्तगत बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमित लिएर थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय