कलैया, २५ मंसिर- लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगतको अन्तिम दिन बिहीबार बाराको कलैयामा सचेतनामुलक र्याली निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, लैंगिक हिंसा नियन्त्रण सन्जाल समिति र सामुदायिक प्रहरी सेवा केन्द्र बाराको आयोजनामा संयुक्त रुपमा र्याली निकालिएको हो । सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यहार विरुद्धमा सन्चालित विशेष अभियान “सेफ्टी पिन क्याम्पियन” थप प्रभावकारी बनाउन सचेतनमुलक र्याली निकालिएको बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पँगेनीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाराबाट बिहान निस्किएको सो सचेतनामुलक र्याली बजार परिक्रमा पश्चात कलैया वडा नं. १ स्थित भरत चौकमा पुगेर कोणसभा परिणत भई सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले “महिला सिट, वृद्धवृद्धा सिटमा अन्य नबसौं”, “महिला बालबालिकालाई दुव्र्यवहार नगरौं”, “महिला बालबालिकामाथि अनावश्यक हर्कत नगरौं”, “महिला बालबालिकालाई अनावश्यक हैरानी नदिउँ” लगायतका नारा अंकिल प्ले कार्ड बोकेका थिए ।
बाराका प्रहरी उपरीक्षक पँगेनीको नेतृत्वमा निस्किएको सो र्यालीमा लैंगिक हिंसा नियन्त्रण समितिका सदस्यहरु बबिता जैसवाल, मन्जु सुवेदी, किसमती राम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष महमद सागीर अन्सारी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, मानव अधिकारकर्मीहरु, संचारकर्मीहरु, महिला अधिकारकर्मी, स्थानीय बुद्धिजीवि तथा समाजसेवी लगायतका १ सय ५० बढीको सहभागिता रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

