आज ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना

spot_img

काठमाडौँ, २६ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । आज मौसममा आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १ का पहाडी भूभागका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ । हाल दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय