काठमाडौँ । पछिल्लो समय भारतमा थप १ लाख ४४ हजार ८२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यो संगै त्यहाँ संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ७७३ जनाको मृत्यु भएको छ ।


