विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालहरु बन्द

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगारपालिकाभित्र रहेका विद्यालयहरुमा कोरोना संक्रमण पुष्टि भएका विद्यालहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ ।

शुक्रबार महानगरपालिको सूचनामार्फत विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण पुष्ट भएको विद्यालयहरु एक हप्तासम्मका लागि शिक्षण सिकाइ बन्द गर्ने निर्णय गरेको भनिएको छ ।

यसअवधिभर वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न पनि भनिएको छ । साथै, कोरोना संक्रमण नभएका विद्यालयहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोगलगायतका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न महानगरपालिको सूचनामा उल्लेख गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय