मौसमः चक्रवातको केही असर नेपालको भू–भागमा पर्ने हुनाले यी स्थानमा वर्षाको सम्भावना

spot_img

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको आज (मंगलबार) प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।

देशमा बंगालको खांदीमा रहेको यास चक्रवातको आंशिक प्रभाव रहेको र पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवातमा परिणत भैसकेको पनि महाशाखाले जानकारी दिएको छ ।

सो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने र बुधबारसम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको मौसम विभागले जनाएको छ । यसको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले सबैलाई मौसम सजग रहन अनुरोध गरिएको छ ।

त्यस्तै आज राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय