लगातार वर्षाको कारण पर्सामा धानको बिउमा क्षति

spot_img

बीरगन्ज, १ अषाढ । नेपालमा मनसुन सक्रिय भएपछि ३ दिनको लगातारको वर्षाको कारण पर्सा जिल्लाका किसानले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ ।

किसानले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भए पनि लगातारको परिरहेको पानीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । तर लगातारको वर्षाको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले बताउनुभयो ।

भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको मुनिलालले बताउनुभयो । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान ८ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।

मनसुनका कारण लगातार पानी परिरहँदा पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरू हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ । लगातारको वर्षाले बाढी आउन सक्ने सम्भावना रहेकाले सजगता अपनाउन मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय