सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

बलिउड : आमिर खान र किरण रावबीचको वैवाहिक सम्बन्ध १५ वर्षपछि समाप्त

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । बलिउड अभिनेता, डाइरेक्टर, फिल्म मेकर तथा टेलिभिजन सोका होस्ट आमिर खान र उनकी पत्नी फिल्म प्रोड्युसर किरण रावले आफ्नो वैवाहिक सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन्। उनीहरुले विवाहको १५ वर्षपछि आफ्नो सम्बन्ध समाप्त गर्ने भएका हुन् ।आमिर र किरणले अब उनीहरूको बाटो अलग हुन घोषणा गरेका छन्। दुबै अब आफ्नो अलग जीवन बिताउनेछन्। उनीहरुले १५ वर्षमा आफूहरुले जीवनकालको राम्रो खुसी र आनन्दको अनुभव पाएको बताएका छन् ।

- Advertisement -

आमिर र किरणले भनेका छन्, ‘अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं।’ उनीहरुले पति र पत्नीको रूपमा नभई सह अभिभावक र परिवारको रूपमा रहने बताए।

- Advertisement -

‘हामीले केहि समयपछि छुट्टिएर जाने योजना शुरू गरेका छौं। अब यो व्यवस्था औपचारिक बनाउन सहज महसुस गर्ने प्रयास गरिरहेको उनीहरुले बताएको समाचार भारतीय मिडियामा उल्लेख छ।

उनले अगाडि लेखे, ‘हामी दुबै छुट्टै बस्नुपरे पनि विस्तारित परिवारको रूपमा शेयर गर्नेछौँ । हामी हाम्रा छोरा आजादप्रति समर्पित अभिभावक हौं,हामी हाम्रो छोराको हेरचाह मिलेर गर्नेछौं। हामी फिल्म, पानी फाउंडेशन र अन्य प्रोजेक्टहरूमा सहयोगीको रूपमा पनि काम गर्ने छौं ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -