काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आज (साउन १०) गते मध्यरातिबाट सकिँदै छ। कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु भएकाे निषेधाज्ञा थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेसम्म यस विषयमा कुनै छलफल नभएकाे नेपाल पाेष्ट डेलीलाइ बताए ।
उनले भने ‘मन्त्री पनि नयाँ आउनुभएको छ’,‘अहिलेसम्म केही छलफल पनि भएकाे छैन, हामी सीडीओबीच पनि कुनै छलफल हुन पाएको छैन,आज छलफल होला तर ‘निषेधाज्ञा थपिन्छ नै होला’ ।
यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ।




