शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

सक्कियो दुई दिनको चुरीफुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज महानगरपालिकाले शनिबार र आईतबार नगरका सडक तथा नाला अतिक्रमण गर्ने विरुद्ध कारवाही गर्‍यो । बीरगन्जको बाईपास र सेकेन्ड बाईपासका सडकमा थुपारिएका केही निर्माण सामाग्री र कवाड कारवाहीका लागि जफत गर्‍यो । एक निजी स्काभेटरलाई नियन्त्रणमा लिएर जरिवाना पश्चात छोड्यो पनि ।

- Advertisement -

वास्तवमा अतिक्रमण हटाउनु जरुरी थियो । सडकमा जताततै थुपारिएका गिट्टी, बालुवा, इट्टा लगायतका निर्माण सामाग्रीले गर्दा सडक दुर्घटनाको जोखिम बढाउने गर्छ । सडक साँधुरो हुँदा यातायात आवागमनमा समस्या पर्छ । अझ, निर्माण सामाग्री नालामाथि र सडक पेटीमा राखेर अतिक्रमण गर्ने गरिन्छ । महिनौंसम्म निर्माण सामाग्री र कवाड सडकमा थुपारिदाँ सडकभरि छरपस्ट हुन्छन् । बसपार्क छेऊछाउ त बिग्रिएका र थोत्रा गाडी कयौं महिनादेखि सडकमा पार्किङ्ग गरी राखिएका छन् । कतिपय नगरबासी त, आफ्ना व्यापार तथा व्यवसाय नाला र पेटीमा नै बसेर गर्ने गर्छन् । पसलमा बिक्री गर्न राखिएका सामाग्री सडक पेटी र नालामाथि नै राखेर फुटपाथ अवरोध गरिएको छ । यसरी सडक पेटी र नाला अतिक्रमण हुँदा पैदलयात्रीको आवातजावत गर्ने बाटो, मुख्य सडक हुन पुगेको छ । पैदलयात्री मुख्य बाटो भएर आवातजावत गर्दा सडक दुर्घटना बढ्ने क्रम उकालोमा छ । पछिल्लो एक वर्षको सडक तथ्यांकलाई हेर्ने हो भने पनि सडक दुर्घटना बढेको चर्चालाई तथ्यांकले पुष्टि गर्छ । अर्कोतर्फ नालामाथि राखिएका निर्माण सामाग्रीले नाला पुरिदाँ नालाको फोहोर पानी सडकमा बगिरहेको देखिन्छ । जसबाट सडकभरि बगेको फोहोर पानीले दुर्गन्ध बढाएको छ भने अर्कोतर्फ सडकमा जम्ने गरेको पानीले खाल्डाखुल्डी हुन गई सडक भत्कने बिग्रने गरेको छ । यो सब कारणले गर्दा बल्लबल्ल फेरिएको बीरगन्जको मुहार फेरि कुरुप हुँदैछ । एउटा सचेत नगरबासीले पक्कै पनि यस्तो गर्दैन । बीरगन्जलाई मात्र कमाउने खाने भाँडो बनाएका केही सफा, सुन्दर र सुरक्षित बीरगन्ज विरोधी तत्वका कारण बीरगन्ज कुरुप बन्दैछ ।

यस्तोमा ढिलै भए पनि लामो अन्तरालपछि बीरगन्ज महानगरपालिकाको सरसफाई शाखा र नगर प्रहरी लगायतको टोलीको कारवाही अभियानको उदाहरणीय बनेको थियो । कारवाहीमा परेकाहरुले विरोध र असन्तुष्टि पोखे पनि, नगर र नगरबासीका हितमा छ, पहलकदमी । बीरगन्जमा अतिक्रमित सडक र नाला हटाउने अभियान शुरु भएको खबर मिडिया र सामाजिक सन्जालमा आएपछि जिल्लाबाहिर त, हाम्रोतिर पनि यस्तो अभियानको जरुरी छ भनेर कारवाही अभियानको सराहना पनि भयो । बीरगन्ज महानगरको अतिक्रमण विरुद्धको अभियानको शनिबार र आईतबार खुब चर्चा भयो । तर बीरगन्ज महानगर र सो अन्तर्गतको सरसफाई शाखा अनि नगर प्रहरीको दुई दिनको चुरीफुरी सक्किएको छ । दुई दिन चुरीफुरी देखाएर सेलाएको कारवाही अभियान दिगो बन्न सकेन ।

- Advertisement -

हुन त बीरगन्ज महानगर, नगरको नेतृत्व र कर्मचारीबाट कुनै पनि अभियान र कार्य दिगो रुपमा गरिएका छैनन् । केही समय पहिला जथाभावी फोहोर फँयाक्नेलाई कारवाहीको दायरमा ल्याउने भनेर जारी गरिएको नियम र कारवाही पनि सेलाएर गयो । यस्तै, चर्चाका लागि हतार हतारमा बीरगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा त गरियो तर अनुगमन, निरीक्षण र कारवाहीको निरन्तरताको अभावमा त्यो घोषणामा मात्र सिमित भयो । उस्तै अवस्था छ, बीरगन्जलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणाको । भर्खरै बीरगन्ज पूर्ण खोपयुक्त पालिका घोषणा गरियो । तर नगरका सबै बालबालिका खोपबाट बन्चित छैनन्, शतप्रतिशत भन्न सक्ने अवस्था छैन । यसर्थ, बीरगन्ज महानगरका कुनै पनि अभियान र घोषणा दिगो रुपमा टिक्दैनन् । जसबाट लक्षित परिणाम प्राप्त हुन सकेका छैनन् । अभियान र घोषणा पक्कै पनि उदाहरणीय छन् । बीरगन्जलाई कुरुप बनाउने र नगरलाई सफा, सुन्दर र सुरक्षित बनाउन चालिएका सबै कदममा नगरबासीले साथ दिनुपर्छ । अटेर गर्ने जोसुकै होस्, कारवाहीको दायरमा ल्याउनैपर्छ । चर्चामा आउनका लागि मात्रै होइन, यस्ता अभियान र घोषणा दिगो रुपमा सन्चालन गरिनुपर्छ । दुई दिन मात्र चुरीफुरी देखाउने मात्र होइन, अभियान र घोषणलाई सार्थकर्ता प्रदान गर्न निरन्तर अनुगमन र निरीक्षण गरिनुपर्छ । अनि मात्र सफा, सुन्दर र सुरक्षित बीरगन्जको परिकल्पना साकार हुनेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार