सोमवार, अशोज ४, २०७८

20.1 C
Kathmandu
26.5 C
Birgunj

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई(दैनिक जागरण) । बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ ।

- Advertisement -

शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक वायलोन्स एक्ट अनुसार उजुरी दिएकी हुन् । यो उजुरी मंगलबार तीस हजारी कोर्ट अफ चीफ मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहसमक्ष दर्ता भएको हो ।

अदालतले हनीलाई जवाफ दिनका लागि अगष्ट २८ सम्मको समय दिएको छ । शालिनीको हकमा अन्तरिम आदेश दिएको छ । जसमा हनीलाई दुवैको संयुक्त सम्पत्तिबाट टाढा बस्न भनेको छ ।

सन् २०१४ मा हनीले रियालिटी शो ‘इण्डियाज रस्टार’ मा आफ्नो श्रीमतिलाई पहिलोपटक सार्वजनिक गरेका थिए । बलिउडमा नाम बनाउनु अघि नै हनीले शालिनीलाई विवाह गरेका थिए । हनीले सन् २०११ बाट बलिउडमा गायन करियर सुरुवात गरेका थिए ।

सन् २०१२ मा रिलिज फिल्म ‘ककटेल’को गीत ‘अंग्रेजी बिट’बाट हनीले लोकप्रियता पाएका थिए । सन् २०२० मा उनले ‘छलांग’ र ‘मुम्बई सागा’का लागि गीत बनाएका थिए । ‘छलांग’को ‘केयर नी करदा’ र ‘मुम्बई सागा’को ‘शोर मचाएगा’ हिट भएको थियो । उनले केही फिल्ममा अभिनय पनि गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -