शिल्पा पति कुन्द्रालाई हिरासतमुक्त गर्न माग गरिएको रिट अदालतद्वारा खारेज, अब के हुन्छ ?

spot_img

उच्च अदालतले व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई न्यायिक हिरासतबाट तत्काल रिहाइ गर्नुपर्ने मागसहितको रिट खारेज गरिदिएको छ । अघिल्लो महिना पक्राउ परेका कुन्द्राले आफ्नाविरूद्ध म्याजिस्ट्रेट अदालतद्वारा जारी भएको आदेशलाई चुनौती दिँदै आफूलाई पक्राउ गर्नुअघि कुनै जानकारी नदिएको भन्दै न्यायिक प्रक्रियामा त्यो आवश्यक हुने बताएका थिए।

तर बम्बै हाइकोर्टले म्याजिस्ट्रेट अदालतको आदेशमा कुनै गल्ती नभएको बताउँदै उनको रिट खारेज गरिदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।कुन्द्रालाई अश्लील चलचित्र उत्पादन र प्रसारण गरेको आरोपमा गत जुलाई १९ मा पक्राउ गरिएको थियो।कुन्द्राले आफूले बनाएका चलचित्र अश्लील नभएको तर्क गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय