spot_img

बामदेवको सचिवालयले भन्यो – उपप्रधानमन्त्री बन्ने कुरा बाहियात !

spot_img
spot_img

काठमाडाैँ,०५ भदाै । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बनेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने हल्ला चलेपछि गौतमको सचिवालयले त्यसको खण्डन गरेको छ ।

केही मिडियाहरूमा गौतम उपप्रधानमन्त्री बनेर सरकारमा जाने हल्ला चलिरहेको थियो ।

एमाले विभाजन भएपछि तटस्थ देखिएका गौतमलाई केन्द्रमा राखेर सरकारमा जाने हल्ला चलाइएपछि उनी असन्तुष्ट बनेका हुन् ।

‘सरकारमा जाने कुरा बेतुकको हल्ला हो,’ गौतमको सचिवालयले भन्यो, ‘नियोजित हल्ला चलाएर राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको छ ।’

गौतम नीति तथा कार्यक्रमका सन्दर्भमा माधवकुमार नेपालतिर रहेको तर पछिल्लो विभाजनको स्थितिपछि कतै नलागेको सचिवालयको दाबी छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएपछि एमालेको औपचारिक विभाजन भएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय