काठमाडौँ,०७ असार । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौँडा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
मन्त्री वाग्ले नेपाल बैंक लिमिटेड को सिटी अफिस, हेटौँडाको नवनिर्मित भवन उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन हेटौँडा आउन लागेका हुन्।
उनको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायले आवश्यक सुरक्षा व्यवस्था कडा बनाएका छन्। कार्यक्रमस्थल र आसपासका क्षेत्रमा सुरक्षा निगरानी समेत बढाइएको जनाइएको छ।
नवनिर्मित भवन उद्घाटनसँगै बैंकिङ सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका उच्च पदाधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत सहभागिता रहने बताइएको छ।
अर्थमन्त्रीको उपस्थितिलाई हेटौँडाको बैंकिङ तथा आर्थिक क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




