spot_img

मधेश प्रदेशमा पत्रकार महासंघको पाँचौँ साधारणसभा सम्पन्न

spot_img
spot_img

बीरगन्ज,०७ असार । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको पाँचौँ साधारणसभा महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा, श्रम अधिकार र व्यावसायिक पत्रकारिताको सुदृढीकरणमा जोड दिएका छन्।

श्याम बञ्जारा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले उद्घाटन गरेका थिए। साथै श्रम तथा यातायात मन्त्री शारदा देवी थापा, महासंघका केन्द्रीय सचिव अशोक तिवारी लगायत विभिन्न जिल्लाका अध्यक्ष, सञ्चारकर्मी र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उद्घाटन मन्तव्यमा मन्त्री महतोले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र निर्भीक वातावरण सुनिश्चित गर्न आवश्यक रहेको बताए। उनले पत्रकारको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणका लागि अपरिहार्य रहेको धारणा व्यक्त गरे।

त्यसैगरी, मन्त्री थापाले सामाजिक समानता, न्याय र सुशासन स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्। सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकार जनअपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

केन्द्रीय सचिव तिवारीले बदलिँदो सञ्चार परिवेशमा तथ्यमा आधारित र विश्वसनीय पत्रकारिताको आवश्यकता औँल्याउँदै पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न महासंघ सक्रिय रहेको बताए।

कार्यक्रमका अध्यक्ष बञ्जाराले पत्रकारहरूको हकहित, सुरक्षा र क्षमता अभिवृद्धिका लागि महासंघले निरन्तर काम गरिरहेको उल्लेख गर्दै जिम्मेवार र जनउत्तरदायी पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधित्व रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय