17.1 C
Kathmandu
22.1 C
Birgunj

मौसम पूर्वानुमान: दसैंमा पानी नपर्ने

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ ।

- Advertisement -

विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

टीकाको दिन भोलि शुक्रबार प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागको प्रक्षेपण छ । टीकाको भोलिपल्ट शनिबार प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -