बीरगन्ज । पर्साको ग्रामीण भेगलाई सदरमुकाम बीरगन्जसँग जोड्ने तिलावे पुल निर्माणार्थ विगत १ हप्तादेखि स्थानिय युवाहरु संघर्षरत थिए । निर्माणको ठेक्का पाएको पप्पु/लुम्बिनी जेभि(जाेइन्ट भेन्चर)ले ६ वर्षमा पनि पुल निर्माण नगर्दा स्थानिय युवाहरुले दबाब समूह नै बनाएर विरोध गरिरहेका थिए । जस्का करण पुलकाे निर्माण कार्य मंगलबारदेखि सुचारु हुने भएकाे छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकले अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंगलवार बिहानैदेखि सुचारु गर्ने सहमति भएकाे हाे ।
बैठकमा पुलको निर्माण चैत मसान्तभित्र सक्ने सहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयाे । बैठकले सर्वपक्षिय टोलीले पुल निर्माण कार्यको समय समयमा अनुगमन गर्ने सहमति समेत गरिएकाे जनकारी दिए ।
त्यसैगरी, ट्राफिक जामको समस्या हटाउन डाइभर्सन निर्माणको काम पनि सुरु गर्ने निर्णय गरिएको र त्यसको व्यवस्थापनकाे लगि नेपाल प्रहरी र ट्राफिक प्रहरीले सँग सहमति भएको समेत पौडेलले बताए।
जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार भएको बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जका प्रमुख दरोगा साह, पुल निर्माणको ठेक्का लिएको पप्पु लूम्बीनी जेभि कन्ट्रक्सनका सञ्चालक, विभिन्न पालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख लगायतको सहभागीता रहेको थियो।
बीरगन्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने तिलावे पुल ६ वर्ष बितसक्दा पनि बन्न नसक्दा पर्सा जिल्लावासीले सास्ती खेप्दै आएका छन् ।
युवाहरुको दवाव मुलक आन्दोलनका कारण सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षिय बैठकले अलपत्र रहेको पुलको निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको हो।
२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकार गरेको थियो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जका अनुसार सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर ठेकेदार कम्पनिले पटकपटक म्याद थप गराउँदै आएको थियो। पछिल्लो पटक थपिएको ठेक्काको म्याद पनि गत भदौ ६ मा सकि सकेको छ। तर हालसम्मको पुलको भौतिक प्रगति ६७ प्रतिशत मात्र रहेको छ।
विगत ७ महिना यतादेखि पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनि पनि सम्र्पकमा थिएन। त्यसपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जले ठेक्का सम्झौता नै तोड्ने गरी ७ दिने सूचना पनि निकालेको थियो।
सूचनामा ठेकेदार कम्पनीलाई ७ दिन भित्र (असोज २१ गते भित्र) चित्तबुझ्दो जवाफ दिन निर्देशन दिँदै अन्यथा कारवाही अघि बढाइने जनाइए पनि ठेकेदार कम्पनि कार्यालयमा हाजीर भएन। पर्साका युवाहरुले विगत एक महिना देखि पुल निर्माण स्थलमै पुल निर्माणको माग गर्दै दबाबमुलक आन्दोलन गर्दै आएका थिए।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जका प्रमुख साहले ठेकेदारको जानकारी दिए।
यता युवाहरुको दवाव मुलक आन्दोलन जारी नै रहेकाे र पुल नबनुनजेल सम्म निगरानीमै रहेकाे युवा नेता रकेश यादव मितवले नेपाल पाेष्ट डेली सँगकाे कुराकानिमा बताए ।
उनले भने ” हामी पुल नबनुनजेल चुप लाग्दैनै, पुल हाम्राे निगरानीमै छ, यदि याे सम्झौता हामीलाइ झुक्याउन गरिएकाे हाे भने अगामि दिनकाे अान्दाेलन याे भन्दा नि कडा रूपले प्रस्तुत गर्छाैँ” ।

