२ मंसिर २०७८, बिहीबार
Get Mortgage Advice Close to Home
Get Mortgage Advice Close to Home
Rocket Mortgage
The Close Relationship Between Stress and Sleep
The Close Relationship Between Stress and Sleep
Purple
The Best Places to Buy College Apparel Make Showing College Pride Too Easy
The Best Places to Buy College Apparel Make Showing College Pride Too Easy
Spy
आजको राशिफल : मंसिर २ गते, बिहीबार
२ मंसिर २०७८, बिहीबार
414
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonsms sharing buttonsharethis sharing button
विसं २०७८ साल मंसिर ०२ गते, बिहीबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चुतुर्दशी, ११ः३९ बजे उप्रान्त पूर्णिमा । नक्षत्र– भरणी, , २५ः२८ बजे उप्रान्त कृत्तिका । योग– वरियान्, २८ः०७ बजे उप्रान्त परिघ । करण– वव १३ः३९ बजेदेखि भद्रा, २४ः२९ बजे उप्रान्त कौलव । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ सूर्यास्त बेलुकी ५ः०९ बजे ।
मेष : शत्रु बढ्नेछन् । गोपनीयताको निकै ख्याल राख्नुहोला । सन्ध्याकालदेखि स्वास्थ्यमा समस्या आउनसक्छ । स्वास्थ्यको ख्याल राख्नुहोला ।
वृष : आफन्तको सहयोग प्राप्त हुनेछ । लामो दूरीको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्न सक्छ । सामाजिक आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउने कार्यमा खटिने छ ।
मिथुन : यात्रामा समस्या उत्पन्न हुने देखिन्छ तथा महत्वपूर्ण सामाग्री हराउन सक्नेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । राजनैतिक उपलब्धि प्राप्त हुनेछ ।
कर्कट : स्वास्थको कारणले महत्वपूर्ण कार्य रोकिने छ । अध्ययनमा रुचि कम हुनेछ । सामान्य कुरामा विवाद उत्पन्न हुनेछ । कम बोल्नुहोला भने रोकिएको प्रेम सम्बन्ध अगाडि बढ्नेछ ।
सिंह : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । व्यापारि वर्गको लागि महत्वपूर्ण दिन रहनेछ । मध्यान्हपाछि नसोचेको दुःखद् खबर सुन्नु पर्नेछ ।
कन्या : पारिवारिक तथा सामाजिक कार्यमा व्यस्त भइनेछ । मानसम्मान प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । प्रेम प्रस्ताव आउनेछ । दिन शुभ बित्नेछ ।
तुला : व्यापार व्यवसायमा आर्थिक संकट आउने देखिन्छ । निकै सजक रहनुहोला सामाजिक प्रतिष्ठामा पनि केहि नोक्शानी हुनसक्नेछ । सन्ध्याकालपछि नसोचेको खुशी प्राप्त हुनेछ । यात्राको क्रममा महत्त्वपूण निर्णय भेटघाट हुनेछ ।
वृश्चिक : राजनैतिक प्रतिष्ठा बढ्नेछ । रोजगारिका पदोन्नति प्राप्त हुनेछ । व्यपारिक वर्गको लागि महत्वपूर्ण समय रहनेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।
धनु : प्रेम प्रेमिका विचको सम्बन्ध प्रागढ हुनेछ । बुवाआमासँग केही समयको लागि टाढिन पर्ने देखिन्छ । राम्रोसँग अध्ययन गर्नुहोला, निर्णाक समय रहेको छ । राजनैतिक क्षेत्रमा संकट उत्पन्न हुनेछ ।
मकर : दाम्पत्य जीवनको सुरुवात हुनेछ । बोलिको प्रभाव बढ्नेछ । विशेष दायित्व वहन गर्नुपर्ने हुन्छ । प्रेमिकाको स्वास्थ्यमा आउनेछ । निर्णाय कार्य गरिने छ।
कुम्भ : सामान्य कुराले पनि ठूलो समस्या निम्त्याउने छ । प्रेमप्रेमिका विवाद हुनेछ । व्यपार व्यवसायमा आर्थिक संकट आउनेछ । स्वास्थ पेटसम्बन्धी समस्या आउनेछ ।
मीन : कार्य व्यस्तताले परिवारलाई समय नदिनाले किचलो बढ्नेछ । विद्यार्थी वर्गको लागि निकै राम्रो समय तथा दिन रहनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेमप्रस्ताव आउनेछ ।्र राजनैतिक प्रतिष्ठा बढ्ने छ ।

