spot_img

मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रण गर्न प्राविधिक टोली परिचालन

spot_img
spot_img

बाँकेको राप्ती सोनारी गाउँपालिकाका विभिन्न वडाका वन क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण गर्ने क्रम बढेपछि सरकारले पहिचान गरी नियन्त्रणमा लिन प्राविधिक परिचालन गरेको छ । बाघ नियन्त्रणका लागि बर्दियामा रहेको टोली पर्याप्त नभएपछि चितवन निकुञ्जको सौराहाबाट पनि प्राविधिक परिचालन गरिँदै छ ।

राप्ती सोनारीका विभिन्न गाउँबाट घाँस काट्न जंगल गएका महिला पटक–पटक बाघको निसानामा पर्न थालेपछि बाघ पहिचान गर्न क्यामेरा ट्रयाप जडान गर्न र बाघ नियन्त्रणमा लिन हात्तीसहितका प्राविधिक परिचालन गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले राष्ट्रिय निकुञ्ज विभागले बाँके निकुञ्ज बाहिरको क्षेत्रमा समस्या ल्याउने बाघ पहिचान गरी नियन्त्रणमा लिन प्राविधिक परिचालन गर्ने र अन्य समन्वय गरिरहेको बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय