मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा १७८ जनामा कोरोना संक्रमण पुष्टि

spot_img

जनकपुर,०७ माघ । मधेश प्रदेशका विभिन्न अस्पतालमा भएका परीक्षणमा १७८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याँकअनुसार ३२६ जनामा परीक्षण गर्दा १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ६६ जनामा परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ भने त्यस्तै नारायणी अस्पताल बीरगन्जमा ८६ जनामा परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गौर अस्पतालमा ७० जनामा परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ भने सिरहा अस्पतालमा ३० जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

उता, जलेश्वर अस्पतालमा ३२ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ भने मलंगवा अस्पतालमा ४२ जनामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय